एउटै दृष्टि, भिन्न कोण

नेहा नेपाल आउँने

२०७६ जेष्ठ ६ गते सोमवार

संगीत । बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्ष्ँमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स ९एलओडी० मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।

आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार गायिका ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिवार राती ८ बजेपछि प्रँरम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।

प्रतिक्रिया दिनुहोस