नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का बरिष्ठ नेता झलनाथ खनालले संविधानप्रदत्त प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कटौती नहुने बताएका छन् ।
प्रेस सङ्गठत झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानले दिएको अधिकारलाई कसैले कटौती गर्न सक्दैन, सञ्चार क्षेत्रमा देखिएका केही विवाद परिस्कार गर्ने प्रक्रियामा छन्, यसलाई अझ समुन्नत बनाइनेछ ।’ उनले प्रेस स्वतन्त्रसँगै मर्यादित हुनुपर्नेमा जोड दिए ।