एउटै दृष्टि, भिन्न कोण

दोषीलाई कारबाही गर्नुपर्छ : भीम रावल

२०७६ जेष्ठ ७ गते मङ्गलवार

नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले बालुवाटारको ललिता निवासको जग्गा सरकारले फिर्ता गराउनेमात्रै नभई दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । रिपोर्टस् क्लबमा आयोजित साक्षात्कारमा उनले जग्गा फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै दोषीलाई कानुनी दायरामा ल्याउन पनि माग गरे । वालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ । अब सरकारको छानविनको निश्कर्ष पर्खौं’ नेता रावलले भने ।

प्रतिक्रिया दिनुहोस