एउटै दृष्टि, भिन्न कोण

गाउँले रोलमा फिल्म नखेल्ने साम्राज्ञी

२०७६ जेष्ठ ७ गते मङ्गलवार

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मारुनी फिल्मको छायांकन सकेर रातो टिका निधारमा फिल्मको सुटिङमा जाने तयारीमा छिन् । रोमान्टिक फिल्ममा देखिदै आएकी साम्राज्ञीले यो फिल्ममा फरक भुमिकामा देखिने बताइन् । उनले केहि समय अगाडी मारुनी फिल्ममा पनि फरक भुमिका रहेको बताएकी थिइन् । उनले भनिन, यो फिल्म र मारुनीमा मेरो भूमिका फरक छ । पहिलो पटक मलाई राम्रो राम्रो कथाको अफर आइरहेको छ । मलाई एउटै खालको भूमिकामा देखिएको आरोप पनि लाग्दै आएको छ । यसअघि एउटै खालका कथाको अफर आयो कि त्यो भन्दा खत्तम आयो । मेरो करिअर फिल्म क्षेत्रमै छ । मैले कमाउँनु पनि पर्छ । मलाई मेरो काम एकदमै मन पर्छ । खाली बस्न सक्दिन ।

साम्राज्ञीले पहिला गाउँले भुमिकामा फिल्म नखेल्ने भन्ने चर्चा चलेको थियो । उनले अशोक शर्माले जय भोले फिल्म अफर गर्दा अस्विकार गरेकी थिइन् । उनी यो फिल्ममा गाउँले भुमिकामै देखिदैछिन् । यो फिल्मको लागि खुशी व्यक्त गर्दै भनिन, यो फिल्ममा गाउँले भुमिका नै हो । तर एकदमै राम्रो स्क्रिप्ट छ । उनको अपोजिटमा निर्देशक शर्माका छोरा अंकित खड्का प्रस्तुत हुँदैछन् । साथमा नायिका नीता ढुंगानाको पनि फिल्म अभिनय छ ।

प्रतिक्रिया दिनुहोस