एउटै दृष्टि, भिन्न कोण

मोदीसँग कुलमानले भनेः प्रमाणित भए झुण्डिएर मर्छु !

२०७६ जेष्ठ ७ गते मङ्गलवार

संघीय प्रतिनिधिसभाको लेखासमितिको मंगलबारको बैठकमा नेपाल विद्युत् प्राधिकरण र सत्तारुढ दल नेकपाकै एक सांसदबीच चर्काचर्की भएको छ। सत्तारुढ नेकपाका सांसद अमनलाल मोदी र प्राधिकरण प्रमुख घिसिङबीच भ्रष्टाचारको विषयमा चर्काचर्की भएको हो।

सांसद मोदीले प्राधिकरणमा भ्रष्टाचार भएको आरोप लगाएपछि प्राधिकरण प्रमुख घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका हुन्। कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए(नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको बताए।

प्रतिक्रिया दिनुहोस