एउटै दृष्टि, भिन्न कोण

कताउँको अवस्था – कैलाश

२०७६ जेष्ठ ७ गते मङ्गलवार
  • कैलाश पौड्याल 

‘ मन्दाक्रान्ता पद्य ’

यौटा पन्छी गगन बिचमा प्वाँख फ्याली उडेको
आफ्ना सारा स्वजन सँगको साथ हात छुटेको
माथी माथी जब पुगन गो एकलैको पीडाले
पोल्न थाल्यो छटपटि भयो रात ताप्को दियाले

खोल्यो आँखा जबजब जसै देह सारा डढेको
उत्रियूँ ऊडूँ द्विमन भई है द्वन्दमा नै रहेको
यस्तो दीनको अवसर छोपी सिकारीको गुलेली
दन्क्यो शिरको मगजमा कठै १ छाड्यो ठूलो सुसेली

हाम्रा जाती धरमहरुमा आस्था धेरै बढाई
येनकेन गर्दछन् कठै १ भक्ति ध्यान लगाई
छोडी सके कति जनहरु आफ्नो मत्को मतीले
थाम्दै ल्याछन् पुर्खाको त्यो शान् कताउँ नर जतीले

सानो ठाउँ मिलीसब जुटी हातमा हात राखी
लाग्छन् साथै धरम गर्न जात भेद हटाई
मुस्कानले वरिपरि सधैँ प्रेम भाव बढाई
न्यानो स्वागत् गर्दछन् सबै इष्ट र मित्रलाई

टाँढा भैयो सुजनहरुको गन्थनाउँछन् कसैले
नेपालीको लय मीठो भनी गुन्गुनाउँछन् कसैले
हाम्ले मौका गुमाएका हो कि सोच्ने गर्छन् कसैले
आउँलान् यात्री भनिकन पथ हेर्ने गछनर्् कसैले

कोइको मन्मा गगनबीचको पंछी जस्तो भयौकी
डुब्छन् चिन्ता लिइकन सबै क्षितिज मै रयौकी
हाम्रा साना कलिला टुकुरा तापमा पर्नेहो की
पछि तुल्य भटभट गरी आखिरी झर्नेहो की
हाम्रो सानो नगर घरमा पाल्दिए हुन्थ्यो आजै
हाम्रा मन्का विरहहरूलाई फाल्दिए हुन्थ्यो आजै
एकादेशको लघुकथा सरीबीचमै ढल्नेहो की
मार्ग हेर्दै सुजनहरुको आँखी भौं गल्नेहो की

आस्वासनका अति दिए कला फेरी भेट्ने भनि है
प्रतीक्षामा दिनहरु बिते फर्किएनन् केही खै १
छायो बादल किरण नभमा अन्धकार भरेको
हाम्रो कताउँ नगर घरमा खै त ज्योति छरेको

चाडपर्व जति छ विधिमा मान्दै आछाँै हामीले
भेषभूषा पहिरन सबै पैह्रदैँ ल्याछौँ हामीले
तीनै देवको हरदिन यहाँ पूजा हुन्छ रीतिले
टुहुरो भाको नियतिले हो या ब्रह्माजीको विधिले

लेख्दै मैले बुझेजति हजूर एकान्तको कुनामा
मल् ,जल् , हाल्ने अब समय भो कताउँको मुनामा
सोझा सिदा सरलजनले छोपिएको यो ठाँउ
भ्रमण कार्य जिइपालनुहोस् सुन्दर हाम्रो कताउँ

– श्रीनगर , यकसक

प्रतिक्रिया दिनुहोस