बझाङ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिकाको कार्यालयको मुल ढोका बाहिर मंगलवार बम भेटिएको छ । अज्ञात समुहले राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । कार्यालयको ढोकामा कागजले बेरिएको शंकास्पद बस्तु बिहान कर्मचारीहरुले देखेपछि जिल्लाबाट प्रहरी सहित नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।
मुख्य ढोकामा बम हुँदा कर्मचारी र जनप्रतिनिधिहरु कार्यालय भित्र जान नसकेर गाउँपालिकाको काम प्रभावित भएको थियो । दिउँसो नेपाली सेनाको प्राबिधिक टोलीले बम निस्कृय गरेपछि कार्यालयको काम सुचारु भएको प्रहरी नायब उपरीक्षक सूर्य केसीले जानकारी दिनुभयो ।
‘गाउँपालिकालाई नेकपा विप्लव समुहले चन्दा माग गरेका रहेछन्,’ उनले भने, गाउँपालिकाले चन्दा नदिएपछि विप्लव समूहका कार्यकर्ताबाट बम राखेको हुनसक्ने आशंका छ ।’ अहिले त्यस क्षेत्रमा रहेका विप्लव समुहका कार्यकर्ताहरुको खोजीका लागि सुरक्षकर्मी परिचालन भएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।