एउटै दृष्टि, भिन्न कोण

सत्तामा आउने–जाने भइरहन्छ, सधै भइराख्छौ नसोचौ !

२०७६ जेष्ठ ८ गते बुधवार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले राजनीतिक पार्टीहरू सत्तामा आउने–जाने भइरहने भएकाले सधै सत्तामै भइरहन्छौ भनेर नसोच्न कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्ती दिएका छन् ।

पत्रकारले लोकतन्त्र स्थापनाका लागि योगदान र सहयोगलाई बिर्सिंदै प्रेसलाई संकुचित पार्न खोजिएकोतर्फ लक्षित गर्दै महतले प्रेसलाई पूर्ण अधिकार दिन सुझाव दिएका छन् ।

कम्युनिस्ट नेता स्व. पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले नुवाकोटमा आयोजना गरेको कृषि प्रदर्शनीको चौथो दिनमा आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘हामीले आन्दोलनबाट पूर्ण अधिकारसहित गणतन्त्र स्थापना गर्‍यौं, त्यसलाई हामीबाटै कमजोर पार्ने काम हुनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस