एउटै दृष्टि, भिन्न कोण

सरकारी सम्पत्तिमा मन्त्री बर्षमान पुनका पिए र श्रीमतीको रजाइँ

२०७६ जेष्ठ ८ गते बुधवार
  • टिप्पनी

सरकारी निवासमा बसेर घरको भाडाँ पनि लिनु सबैभन्दा ठुलो लाजमर्दो कुरा हो । धेरै सांसदले घरभाडाँ फिर्ता गरेको बताए पनि यो जो जोडिले भने चुपचाप बस्यो ! जनताको करबाट आएको पैँसा पचायो । यो काण्डले आलोचित बनेका मन्त्री बर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्तीको फेरि अर्को चर्चा

उर्जा मन्त्री बर्षमान पुन बिश्न हाईड्रोपावर सम्मेलनका लागि पेरिस पुगे । उनले नेपालको तर्फबाट सम्मेलनमा सम्बोधन पनि गरे, यो देशकै लागि थियो, यो राम्रो काम हो । उनी संग उनका निजि सचिब दुर्गा पनि पुगेका छन् । दुर्गा पुग्नु स्वभाविक हो । तर मन्त्री पुन संग अनावश्यक मान्छेहरु पनि त्यहाँ पुगे । जस्तै मन्त्री पुनसंग उनकी श्रीमती ओनसरी घर्ती र पिए सन्तोष पुन पनि रमाउन कै लागि सरकारी सम्पतीका बिदेश पुग्नु कतिको स्वाभाविक मानिन्छ ।

मन्त्रीको सम्मेलन पेरिसमा सम्पन्न भएपनि उनीहरुको जम्बो टोली बेल्जियम, अस्ट्रेलिया पुगेर मन्त्रालयको पैँसामा रमाइरहेका छन् । सम्मेलनमा नीजि सचिब मात्रै आवश्यकता हुन्छ तरपनि मौकामा चौका मिलाएर मन्त्री पुनले श्रीमती र पिएको सरकारी भ्रमण बनाएको उर्जा मन्त्रालयका एक कर्माचार्यले बताए । प्रधानमन्त्री केपि शर्मा ओलीले भन्ने गरेको समृद्ध नेपाल र भ्रष्टाचार अत्यन्त गर्ने भाषण यस्ता यस्ता, राज्यको सम्पतिमा आफन्त, श्रीमती र पिए रमाउने कामले मजाक जस्तो बनाएको छ । सरकारी सम्पतिमा कहिले सम्म रमाउने श्रीमती र पिए ।

तस्बिर : मन्त्रालयका एक कर्मचारीले उपलब्ध बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस