एउटै दृष्टि, भिन्न कोण

प्रहरीको गोली लागि विप्लव कार्यकर्ताको मृत्यु

२०७६ जेष्ठ ८ गते बुधवार

भोजपुर । प्रहरीको गोली लागेर नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताको मृत्यु भएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि भएको कारबाहीमा विप्लव कार्यकर्ता मारिएको हो ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते भएका विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस