एउटै दृष्टि, भिन्न कोण

अभिनयमा अब्बल ललिता !

२०७६ जेष्ठ ८ गते बुधवार

“सानै उमेरमा अभिनय गर्ने रुचि थियो । खुबै संगीतमा रमाउन चाहन्थे । संगीत मात्रै होइन संचार प्रति पनि उमेर संगै चाहना बढ्दै गए । हातमा बुम राखेर जनताको आवाजको प्रतिनिधित्व गर्ने इच्छा जाग्यो । पत्रकार मात्रै होइन, अभिनयमा पनि खुबै आर्कषित थिए । जीवनमा पत्रकारिता र अभिनय म कहिलै छोड्न सक्दिन्नँ ।”

ललिता मलाती । जन्मभुमि अछाम । कर्मभुमि फिल्मी शहर मुम्बई । मलाती प्रवासी नेपालीहरुका लागि नौलो नाम होइन । उनी दिनानु दिन मुम्बईमा नेपालीहरु संगै हुन्छीन् । उनले नेपालीहरुकै कार्यक्रमको रिर्पोटिङ गरिरहेकी हुन्छीन् । उनी पत्रकारिता मात्रै नभइ अभिनयमा पनि उतिकै सक्रिय छिन् । उनले म्यूजिक भिडियोहरुमा समेत एकपछि अर्को सफलता हात पार्दै गएकी छन् ।

पछिल्लो पटक ललिताले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । उक्त म्युजिक भिडियोमा पनि ललिताको काम निकै राम्रो र प्रसंसनीय काम रहेको छ । भिडियो केहिदिनमै बजारमा आउने कम्पनीले जानकारी दिएको छ । जीत साउदको स्वरमा रहेको गीतमा ललिता मालती र साउदकै अभिनय रहेको छ । भिडियोको निर्देशन जगत एजी र छायाँकण मनरबि आहुजीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस