एउटै दृष्टि, भिन्न कोण

मेस्सीको कप्तानीमा अर्जेन्टीनी कोपा टोली घोषणा

२०७६ जेष्ठ ८ गते बुधवार

 

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलका लागि लियोनल मेस्सीको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक लियोनल स्कालोनीले मंगलबार राति प्रशिक्षणमा रहेका ४० खेलाडीबाट अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलिसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यसपछि निरास बनेका मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका सर्मथक र राष्ट्रपतिले पटक पटक निर्णय फिर्ता लिन आग्रह गरेपछि मेस्सीले सन्यास फिर्ता लिएका थिए । उनी २०१८ को रुस विश्वकप पछि पनि प्रायः टोली बाहिरनै छन् ।
अर्को मिहना ब्राजीलमा आयोजना हुने कोपा अमेरिकामा अर्जेन्टिनाले समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्दैछ । यस समूहमा अर्जेन्टिना सहित कोलम्विया, पाराग्वे र एसियाली टोली कतार रहेका छन् । सन् २०२२ को विश्वकप आयोजक कतारले आमन्त्रित टोलीको रुपमा सहभागिताको मौका पाएको हो ।

प्रतिक्रिया दिनुहोस