एउटै दृष्टि, भिन्न कोण

सम्पादकले भने–विधेयक फिर्ता लेऊ !

२०७६ जेष्ठ ९ गते बिहिवार

काठमाण्डौं । नेपालका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन आग्रह गरेका छन । प्रेस वक्तव्य जारी गर्दै २१ जना सम्पादकहरूले विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म–भावना विपरीत रहेको फिर्ता लिन भनेका हुन ।

सम्पादकहरू अखिलेश उपाध्याय, अनुप काफ्ले, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापाले वक्तव्य जारी गरेका हुन ।

प्रतिक्रिया दिनुहोस