एउटै दृष्टि, भिन्न कोण

बझाङका युवा : साझा विवेकशिलका सारथी !

२०७६ जेष्ठ १० गते शुक्रवार

बझाङका बिष्णु जोशी अहिले अमेरिकामा हुनुहुन्छ । रसायन शास्त्रमा बिधाबारिधी गरिरहनुभएका जोशी राजनीतिमा पनि उतिनै सक्रिय हुनुहुन्छ । साझा विवेकशिल ग्रेटर बोस्टन सद्भाव समुहका संयोजक बिष्णु, पछिल्लो समय युवा माझ निकै लोकप्रिय र साझा पार्टीको कुशल अभियन्ता हुनुहुन्छ ।

बिबेकशिल पार्टीका गतिविधि तथा सङ्गठन बिस्तारमा सहयोग पुगोस भन्ने उदेश्यले युवा अभियन्ता जोशीले बझाङ पार्टी कार्यालयलाई नेपाली १६,७९५ र साझा विवेकशिल पार्टीका सदस्य श्रीकृष्ण धामीकी श्रीमतिको उपचारका लागि ५,००० सहयोग गर्नुभएको छ । जिल्ला पार्टी र पार्टीका कुशल संगठनको सारथी बन्नेकोमा साझा विवेकशिल पार्टी बझाङले जोशिलाई धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस