एउटै दृष्टि, भिन्न कोण

अर्को पटक राप्रपा पहिलो पार्टी बन्छ !

२०७६ जेष्ठ ११ गते शनिवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने बताएका छन् । सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिलाहरु राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाहरुले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिती आएको बताए ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले युवाहरुलाई देशमै उचित व्यवस्थापन गर्ने दुरगामी सोचका साथ राप्रपा क्रियाशिल रहेकोले पार्टीको उदेश्यलाई साकार पार्न सम्पूर्ण युवा, विद्यार्थी तथा महिलाहरुलाई राप्रपाको झण्डामुनी गोलवद्ध हुन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस