काठमाडौं । अनामनगर र सुकेधारापछि चन्द्रागिरीमा बम बिस्फोट भएको छ । बिस्फोटबाट भएको क्षति तथा अवस्थाको बिवरण भने आइसकेको छैन । त्यस्तै काठमाडौको कोटेश्वर र ललिपुरको लगनखेलमा पनि शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद वस्तु बम हुन सक्ने अनुमान गरिएको छ ।
बम बिस्फोटमा विप्लव समूहकै विद्यार्थी नेता घाइते
सिंहदरबार नजिकै रहेको अनामनगरमा भएको बम बिस्फोटमा रविन के.सी घाइते भएका छन् । उनी विप्लव समूहका विद्यार्थी नेता रहेको पुष्टि भएको छ । बा २९ प ८५९९ नम्बरको मोटर साइकलमा आएका केसीले नै अनामनगरको बम बिस्फोटमा संलग्न भएको पुष्टि भएको छ । केसी बम बिस्फोट लगत्तै मोटर साइकल छोडेर भाग्न कोशिस गरेका थिए ।
तर घाइते भएर हिड्न नसकेपछि अरुले समाएर अस्पता पुर्याएका हुन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसीले प्रयोग गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।