एउटै दृष्टि, भिन्न कोण

अझै नि लोकतन्त्र आ’को छैन् है !

२०७६ जेष्ठ १५ गते बुधवार

अझै नि लोकतन्त्र आ’को छैन् है !
जनताले भनेझैं भा’को छैन् है…

२०६२/६३ सालको जनआन्दोलनलाई गीतसंगीतबाट उत्कर्षमा पु¥याउन उल्लेख्य योगदान दिएका गायक बद्री पंगेनीले गणतन्त्र स्थापनापछि गाएको गीतांश हो यो ।

गीत आमनेपालीको मनमस्तिष्कमा छायो । गणतन्त्रका लागि ज्यानबाजी राखेर सडकमा उत्रिएका सर्वसाधारणले गीतमा आफ्नै आवाज समेटिएको अनुभूति गरे ।

गणतन्त्र स्थापनाको केही वर्षपछि सार्वजनिक उक्त गीत अझै उत्तिकै सान्दर्भिक छ । १२ वर्ष बितिसक्दा पनि आमनागरिकले गणतन्त्र/लोकतन्त्रको स्वाद चाख्न पाएका छैनन् । नागरिकको संघर्षको बलमा व्यवस्था परिवर्तन भयो । तर, नागरिकको अवस्थामा खासै परिवर्तन भएन ।

प्रतिक्रिया दिनुहोस