एउटै दृष्टि, भिन्न कोण

प्रचण्डलाई सम्झना होला-कहाँ छन् जुरेली ?

२०७६ जेष्ठ १६ गते बिहिवार

महेश न्यौपाने 

रोल्पा । जुरेली माओवादी सशस्त्र द्वन्द्वताका राप्ती क्षेत्रमा चलेको नाम। तत्कालीन माओवादी शीर्षस्थ नेता पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव सबैसँग परिचित नाम। रोल्पाको एक दुर्गम गाउँ इरिबाङमा जन्मिएकी एक साहसिक तर निरक्षर महिला।

वास्तविक नाम फाँची पुन। उमेर ६५ वर्ष। परिवर्तन गाउँपालिका वडा नं ३ नाफे हो उनको स्थायी ठेगाना।

पूर्वसभामुख ओनसरी घर्ती, जयपुरी घर्ती जस्ता रोल्पाका महिला नेतृहरुले विद्यालय पढिरहँदा उनी सक्रिय राजनीतिमा थिइन्। माओवादी पार्टीको सदस्यता लिनु त्यतिबेला करिब असम्भव जस्तै थियो। त्यसमा पनि अझ महिला। तर असम्भव काम पनि उनका लागि सम्भव भयो।

पार्टी नेताको विश्वास जित्दै परीक्षणकाल समेत पूरा गरेपछि उनलाई २०५१ सालमा पार्टीले सदस्यता दियो। पार्टी सदस्यलाई पिएम ९पार्टी मेम्बर० भन्ने चलन थियो। उनी त्यस क्षेत्रको पहिलो महिला पिएम बनिन्।

२०४८ देखि नै रोल्पा(रुकुममा वर्गसंघर्ष चलिसकेको थियो। मुखिया, जिम्वाललाई माओवादीहरु सामन्त भन्थे। आफ्ना पार्टी निकट मुखिया जिम्वालहरु भए क्रान्तिकारी मानिन्थे। अन्य पार्टीका मुखिया जिम्वाल भने सामन्तमा गनिन्थे। तिनीहरुको विरुद्ध माओवादीले वर्गसंघर्ष सञ्चालन गरेको भन्थ्यो। वर्गसंघर्षको समयदेखि नै जुरेली राजनीतिमा क्रियाशील थिइन्।

वर्गसंघर्षका बेला हतियार थिएन। सामन्तलाई ुसेबोटेजु (सफाया) गर्दा घरेलु हतियार प्रयोग हुन्थे। उनको जिम्मा लौरा तयार गर्नुहुन्थ्यो। उनी जंगल गएर हजारौं लौरा तयार गर्थिन्।
२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई जिताउन कम्मर कसेर लागेकी पात्र हुन्, जुरेली। २०५१ सालमा इरिबाङको चप्कामा प्रहरीले नन्दबहादुर पुन ( वर्तमान उपराष्ट्रपति ) लाई पक्राउ गर्ने उद्देश्यले आक्रमण गर्दा प्रतिरक्षाको क्रममा ढलेका मनबहादुर पुनको सहोदर दिदीसमेत हुन् जुरेली।
माओवादीको पहिलो सहिद मनबहादुर पुन र लोकबहादुर घर्तीलाई प्रहरीले गोली हानि हत्या गरेको थियो। मावि राङ्सीका तत्कालीन शिक्षक तथा हालका उपराष्ट्रपति पुनलाई हानेको गोली लागेर भाइ मनबहादुर र अर्का युवा लोकबहादुर घटनास्थलमै ढलेका थिए। घटनापछि भागाभाग मच्चियो। लोक(मनको रगत बगिरहेको स्थानमा उनै जुरेली एक्लै थिइन्।
प्रहरी आक्रमणपछि आतंकित गाउँलाई सान्त्वना दिने र निरन्तर क्रान्तिको यात्रामा लाग्न उनको ठूलो भूमिका रहेको माओवादी नेता कार्यकर्ताको भनाइ छ। सेना प्रहरीले गर्ने समय समयको अपरेसनबाट निरुत्साहित हुने नेता कार्यकर्ता र स्थानीय जनतालाई उत्प्रेरित गर्ने काममा जुरेली सधै अग्रपंक्तिमा हुने गरेको परिवर्तन गाउँपालिका ३ का वडाध्यक्ष भानसिं बुढाले स्मरण गरे। युद्धताका जुरेली सबैको प्रेरणाको स्रोत थिइन्, अध्यक्ष बुढाले भने।

दुई भाइ र एक दाजुको रगत खेर जान नदिने संकल्प

साहिँलो भाइ मनबहादुर २०५१ मंसिर ९ गते प्रहरीको गोली लागेर ढले। मावि राङ्सीका शिक्षक रहेका वर्तमान उप(राष्ट्रपति नन्दबहादुर पुनलाई पक्राउ गर्न खटिएको प्रहरीले गोली चलायो। पुनलाई बचाउन खोज्दा सिकार बने मनबहादुर।
मनबहादुर जुरेलीका साहिँलो भाइ हुन्। मनबहादुरसँगै राङ्सीका लोकबहादुर घर्तीको पनि मृत्यु भयो। साहिँलो भाइको मृत्युपछि जुरेली भाइको रगत खेर जान नदिने बाचा गर्दै पूर्णकालीन कार्यकर्ता बनिन्।

पार्टीले युद्ध घोषणा गरेको थिएन। तर जुरेली भने प्रहरी प्रशासनको खोजीको सूचीमा थिइन्। लुक्दै हिँडनुपर्ने अवस्था थियो। २०५२ साल फागुन १ गते पार्टीले जनयुद्ध घोषणा गर्‍यो। सरकारले व्यापक रुपमा प्रहरी परिचालन गर्‍यो। युद्धकै क्रममा दाजु खटकबहादुर पुनलाई सेनाले पक्राउ गर्‍यो। ०५८ मंसिर २४ गते जिलाधुरी रिपिटर टावर आक्रमण गर्ने योजनासहित माओवादी सेना इरिबाङ आसपास क्षेत्रमा केन्द्रित भएका बेला खटकबहादुर घर आएका थिए। त्यही मौकामा सेनाले उनलाई पक्राउ गर्‍यो। उनलाई नेपालगन्ज पुर्‍याएको भन्ने सम्म जानकारी छ जुरेलीलाई। त्यसपछि बेपत्ता उनको अवस्थाबारे अहिलेसम्म परिवार बेखबर छ। २०६१ सालमा माहिलो भाइ फर्कसिं पुन पनि सेनाद्वारा मारिए।
आफूले परिवर्तनका लागि उत्प्रेरित गरेका तीन दाजुभाइले ज्यान गुमाएपछि उनीहरुले छाडेर गएको बन्दुक र खुकुरी मैले भिरेँ,ु जुरेलीले भनिन्।

जुरेलीको पूरा नाम फाँची पुन हो। गाउँकै सुराकीले प्रहरीमा उनको नाम टिपाउँदा प्रहरीले फासी नाम टिपेछ। एक पटक सेना उनलाई खोज्दै गाउँ आइपुग्यो। र, उनलाई भेट्टायो। उनले नागरिकता देखाइन्, तर नागरिकतामा नाम थियो( फाची पुन। नागरिकताको नाम र सेनाको रेकर्डमा भएको नाम नमिलेपछि उनी बचिन्।

यो घटना जुरेलीलाई रमाइलो लाग्छ। पार्टीमा धेरैले दिदी भनेर बोलाउँथे उनलाई। पछि उनको नाम जुरेली राखिएछ। पार्टी कमिटीको बैठकमा ुटेक नामु राख्ने चलन थियो। उनी उपस्थिति नभएको बैठकले जुरेली नाम राखेको उनले दुई वर्षपछि मात्र थाहा पाइन्। ुजुरेली अरु कोही नै होलान् भनेको त मेरो नाम पो रहेछ। एक जना सहयोद्धाले तपाईंको टेक नाम जुरेली हो भनेपछि बल्ल थाहा पाएँ,ु उनी हाँस्दै भन्छिन्।

जुरेलीको घरमा प्रचण्डको एक वर्ष

माओवादी युद्धका सुप्रिमो मानिएका प्रचण्ड एक वर्ष जुरेलीको घरमै बसे। ुप्रचण्डले मलाई दिदी भनेर बोलाउँथे,ु उनी भन्छिन्।
नाफे गाउँका ५ र केवरी गाउँका २ घर सेल्टरको रुपमा प्रयोग गरिएका थिए। माओवादी नेता(कार्यकर्ता आउँदा जाँदा तिनै घरमा बस्थे। माओवादी युद्धकालमा मौसमी चन्दा ९मकै, गहुँ, चामल जस्ता अन्न० उठाउँथ्यो। त्यसरी सेल्टर दिएका नाफेका ५ मध्ये २ वटा घर त जुरेलीकै थियो। घर सेल्टर दिएको सूचना पाएर सेनाले उनको घर ध्वस्त पारिदियो भने अन्नपात र लत्ताकपडा पनि सबै जलाइदियो। सेल्टरमा प्रयोग गरिएका ती घरलाई माओवादी नेता(कार्यकर्ता ुजुरेली पोस्टु भन्थे।
शान्ति प्रक्रियापछि जुरेलीलाई गाउँकै एक निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्ने जिम्मेवारी आयो। विद्यालयको आर्थिक, भौतिक र शैक्षिक अवस्था निकै कमजोर थियो। समितिको बैठकमा सहयोग उठाएर विद्यालय सुधार गर्ने निर्णय भयो। सोही अनुरुप केही साथीहरु लिएर जुरेली काठमाडौं गइन्। त्यतिबेला प्रचण्ड प्रधानमन्त्री थिए भने रोल्पाकै वर्षमान पुन मन्त्री। विद्यालय सञ्चालनका लागि सहयोग माग्न आएको भन्ने कुरा जुरेलीले गरिन्। सँगै रहेका प्रधानमन्त्री र मन्त्रीले ५र५ हजार झिकेर दिए। विद्यालय सहयोगका लागि ठूलै रकम उठाउन काठमाडौं गएकी जुरेली १० हजार बोकेर मन अमिलो पार्दै फर्किइन्।

कपालको चुल्ठामा चिठ्ठी बोकेर हिँड्थे

द्वन्द्वकालमा टेलिफोन, मोबाइलको सम्भावना थिएन। ठूला जिम्मेवार नेताहरु वाकीटकी प्रयोग गर्थे। सोलारमा ब्याट्री चार्ज गरेर वाकीटकी प्रयोग गरिन्थ्यो। एरिया इन्चार्जदेखि माथिका नेताहरुले वाकीटकी प्रयोग गर्ने हैसियत राख्थे।
सञ्चार विभागको जिम्मेवारी थियो जुरेलीलाई। विभागको सदस्य बनाइएकी जुरेली भने जंगलको बाटो प्रयोग गरेर चिठ्ठी ओसारपसार गर्थिन्। सञ्चारको भाषामा जुरेलीको घर रहेको ठाउँलाई जुरेली पोस्ट भनिथ्यो। विभिन्न नाम दिएर ठाउँठाउँमा त्यस्ता पोस्ट तयार गरिएका थिए।
आफ्नो पोस्टबाट टाढा(टाढासम्म पनि चिठ्ठी पुर्‍याउनुपर्थ्यो,ु उनी भन्छिन्, ुकहिले त रुकुम, सल्यानसम्म पनि चिठ्ठी बोकेर जान्थेँ।
दाङ आक्रमणपूर्व त अवस्था त्यति असहज थिएन। दाङ आक्रमणपछि भएको सेना परिचालनले उनको सञ्चारकर्मलाई पनि प्रभावित गर्‍यो। बाटामा कैयौं पटक सेना(प्रहरी भेटिन्थे। खानतलासी गर्थे। उनी भने चिठ्ठी कपालको चुल्ठोमा पोको पारेर आवतजावत गर्थिन्। चिठ्ठीमा के लेखिएको छ थाहा हुँदैनथ्यो,ु उनको स्मरणमा छ, ुबोक्यो। अर्को ठाउँ पुर्‍याइदियो।

पत्रकारले प्रश्न सोधेर हैरान

सात राजनीतिक दल र विद्रोही माओवादीबीच लोकतान्त्रिक गणतन्त्रमा जाने ७ बुँदे सम्झौता भए पछि राजतन्त्रलाई धक्का दिने भन्दै आन्दोलनको घोषणा भयो। २०६३ बैसाख ८ गते राप्ती अञ्चलका ५ जिल्लालाई दाङको घोराहीमा विशाल जनप्रदर्शन गर्ने निर्णय भयो। सहरबाट ७ राजनीतिक दलले र ग्रामीण क्षेत्रबाट माओवादीले जनपरिचालन गर्ने आन्तरिक सहमति भयो।
जुरेली पनि उक्त जनप्रदर्शनमा सहभागी हुने भइन्। रोल्पाका विभिन्न भूगोलबाट ठूलो संख्याका जनता र माओवादी कार्यकर्ता दाङ झरे। सरकारले माओवादीलाई आतंककारी घोषणा गरेकाले उनीहरु छद्म भेषमा थिए। त्यति ठूलो मासमा पत्रकारको आँखामा परिन् जुरेली।
पत्रकारले सोधेका प्रश्नको जवाफ दिएर हैरान भएँ, उनी भन्छिन्, निकै साधारण गाउँले पोसाकमा दाङ झरेकी अधबैंसे महिला देखेकै कारण पत्रकारले मलाई पछ्याएका हुन सक्छन्। निकै उत्साहका साथ पत्रकारको प्रश्नको जवाफ दिएको उनलाई सम्झना छ। भूमिगत कार्यकर्ता भएकाले प्रहरी प्रशासनको आँखा छलेर पत्रकारहरु उनको अन्तरवार्ता लिन्थे। शान्ति प्रक्रियापछि पनि कैयौं पटक दाङ झर्ने अवसर मिल्यो उनलाई। माओवादीले दाङमा सञ्चालन गर्ने अञ्चलस्तरीय कार्यक्रममा जुरेली प्रायः मेसको सहयोगी हुन्थिन्। मेस सञ्चालन भएको स्थानमा पत्रकार आएर जुरेलीको अन्तरवार्ता लिने गर्थे।

छोरीहरुलाई पनि अंश

साम्यवादी दर्शनबाट निकै प्रभावित थिइन् जुरेली। जाति, लिंग, वर्ग र क्षेत्रबीचको विभेदलाई अन्त्य गर्दै वर्गविहीन समाज निर्माण गर्ने सपनाका साथ जोखिमपूर्ण आन्दोलनमा लागेकी थिइन् उनी।

छोराछोरी बीचको विभेद अन्त्य गर्ने भन्दै उनले आफ्ना तीन सन्तानलाई सम्पत्तिसमेत दिइन्। २ छोरी र १ छोराकी आमा जुरेलीले जेठी छोरीलाई २ कित्ता जग्गा र एउटा ढुंगे घर दिइन्। कान्छी छोरीलाई एसएलसीसम्म पढाइन् भने थप ५० हजार रुपैयाँसमेत दिइन्। ुबाँकी सम्पत्ति छोराको नाममा छ, उनले भनिन्।
सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो तर नेताहरु ठिक उल्टो दिशातिर हिँडे। नातावाद, कृपावाद र पैसामा चुर्लुम्म डुबेपछि अब केको साम्यवादरुु उनले प्रश्न गरिन्।
अतित सम्झनेबाहेक अरु विकल्प छैन जुरेलीसँग। सशस्त्र युद्धले महिला, दलित, मधेसीहरुलाई अधिकार त दियो तर गन्तव्य चुम्न नसकेकोमा दुस्खी छिन् उनी। युद्धकै कारण उनको घरमा भने कहिल्यै शान्ति भएन। श्रीमान्‌ले उनलाई कहिल्यै साथ दिएनन्। राजनीतिको कारण घरमा झगडा भइरहन्थ्यो। ुअधिकारका लागि ज्यानको पर्वाह नगरी लडेको म भने सधैं घरेलु हिंसाको सिकार भइरहेँ। मेरो घरको झगडा मिलाउन पार्टीका साथीहरु आउँथे,ु उनमा निराशा छ, ुतर श्रीमान्‌ले कहिल्यै बुझेनन्। त्यसकारण यो बुढेसकालमा श्रीमान्(श्रीमती एक्लाएक्लै छौं।
जुरेली जस्ता माओवादी युद्धमा सबथोक गुमाएकाहरु कमै होलान्। ठूलो लगानी छ, पछिल्लो परिवर्तनमा उनको। तर उनलाई नेताले बिर्संदै गएका छन्। परिवर्तनमा लगानी नभएकाहरुले ठूलठुला अवसर लिइसके, जुरेलीको भने बिहान(बेलुका जोहो गर्ने समस्या छ। छोरा भारतमा रोजगारीमा गएका छन्। उनले पठाएको पैसाले नै जुरेलीको गुजारा चलेको छ।
दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा उनलाई वडा सदस्यको उम्मेदवार हुन अनुरोध त गरिएको थियो। तर, खोइ किन हो उनले त्यो प्रस्तावलाई अस्वीकार गरिदिइन्। स्रोत : नेपाल लाईभ

प्रतिक्रिया दिनुहोस