एउटै दृष्टि, भिन्न कोण

बामदेबको संकेत – १५ महिनापछि प्रचण्ड प्रधानमन्त्री !

२०७६ जेष्ठ १७ गते शुक्रवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लङ्घन भए पार्टी एकता बिथाेलिने बताएका छन् । प्रेस संगठन प्युठानले गरेको पत्रकार भेटघाटमा उनले भने, “उल्लङ्घन गर्दा एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लङ्घन गर्दैन ।”

सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनपक्षीय रहेकाे कारण सरकारको प्रशंसा भैरहेको भन्दै उनले बजेट कार्यान्वयन भएरै छाड्ने दावी गरे । बैदेशिक ऋण बढि भयो भन्ने पत्रकारहरुको जिज्ञसामा उनले भने, “ऋण लिनै पर्छ विकासका लागि विकसित देशहरुले पनि लिएका छन् ।”

मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐन लगाएका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानूनहरु निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस