न्यूयोर्क । अमेरिकामा एक नेपाली किशोरी अमेरिकन सैनिक संगठनको उच्च ओहदा (सेकेण्ड लेफ्टिनेन्ट पद) मा नियुक्त भएकी छिन् ।
गण्डकी अञ्चलको स्याङ्जा जिल्ला फेदीखोला ४ टोर्केकी अस्मिता गुरुङ उक्त पदमा नियुक्त भएकी हुन् ।
उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिइसकेकी छन् ।
को हुन् अस्मिता ?
विसं २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिएकी उनले बाल्यकालमा आफ्नै गाउँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरी, सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट +२ गरी उनी अमेरिका आएकी थिइन् ।
अस्मिताले टेक्सास राज्यमा रहेको एक कलेजबाट ब्याचलर अफ साइन्स (नर्सिङ) मा स्नातक गरेकी छिन् ।
अस्मिताले भविष्यमा सक्रिय ड्युटी नर्स कर्पोरेशनमा रहने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
परिवार
अस्मिताको बाजे स्व. मनबहादुर गुरुङ, बज्यै रामकुमारी गुरुङ, बुबा आइबहादुर गुरुङ, आमा मनशोभा गुरुङ हुन् । उनका बुबा आइबहादुर अवकासप्राप्त भारतीय सेना हुन्, उनी हाल हङकङमा कार्यरत छन् ।