एउटै दृष्टि, भिन्न कोण

‘विप्लव’ राजधानीमा

२०७६ जेष्ठ २६ गते आइतवार

काठमाडौं । प्रतिबन्धित नेकपाले आफ्ना नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । डेढ साताअघि बसेको बैठकले पार्टीको कमान्ड र ब्युरोको नेतृत्व फेरबदल गरेको हो । फेरिएको संरचनामा राजधानीसहितको मध्यकमान्ड महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कै निगरानीमा रहने स्रोतले बतायो ।

चार कमान्ड रहेका संगठन संरचनामध्ये सो पार्टीले मध्यकमान्डमा राजधानी काठमाडौंलगायत जिल्लालाई समेटेको छ । मध्यकमान्डलाई हेडव्वार्टर विप्लव को प्रत्यक्ष निगरानीमा रहने गरी इन्चार्जमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस