एउटै दृष्टि, भिन्न कोण

विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई भारतको चुनौती

२०७६ जेष्ठ २६ गते आइतवार

उपाधिका मुख्य दाबेदार मानिएका अष्ट्रेलिया र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलिया आफनो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । यसअघिका २ दुई खेलमा विजयी अष्ट्रेलिया उत्साहित छ । भारत पनि आफ्नो पहिलो खेलमा जित निकालेका कारण दोस्रो जितका लागि तयार छ । अनुभवी खेलाडी रहेका दुबै टोली विजय यात्रालाई निरन्तरता दिने लक्ष्यमा छन् ।

भारतले पहिलो खेलमा दक्षिण अफ्रिकामाथि ६ विकेटको जित निकालेको थियो । अष्ट्रेलियाले वेष्ट इन्डिजमाथि १५ रन तथा अफगानस्तानलाई ७ विकेटले हराएको थियो ।

विश्वकप क्रिकेटमा अनुभवी खेलाडी रहेका यी दुई टोलीबीचको आजको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । पछिल्लो समय भएका एकदिवसीय खेलमा अष्ट्रेलिया भारतमाथि बलियो देखिएको छ । अष्ट्रेलियाले पछिल्ला पाँच खेलमा विजय हासिल गर्दा भारत २ खेलमा मात्र विजय छ । विश्वकपमा यी दुई टोली अहिलेसम्म ११ पटक आमनेसामने भएका छन् । जसमा अष्ट्रेलया हाबी छ । अष्ट्रेलियाले ८ मा जित र भारत ३ मा विजय भएको छ ।

प्रतिक्रिया दिनुहोस