एउटै दृष्टि, भिन्न कोण

उपसचिवले गरे आफ्नै छोरीलाई बलात्कार

२०७६ जेष्ठ २८ गते मङ्गलवार

काठमाडौं । ललितपुरमा छोरीमाथि बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् । नाम खुलाइएको छैन । उनी नेपाल सरकारका उपसचिव तहका अधिकारी हुन् ।महोत्तरी घर भएर हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय ती कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको जोहरीमा उल्लेख गरिएको छ ।उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै छोरीलाई सम्बन्धकालागि बाध्य पार्थे ।

छोरी कक्षा १२ मा अध्ययनरत् छिन् । पक्राउ परेका कर्मचारीविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।यता, परिवारकै बेइज्जती हुने भएकाले ती किशोरीकी आमाले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि बुबाको हर्कत नरोकिएपछि बाध्य भएर जाहेरी दिएको पीडितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस