एउटै दृष्टि, भिन्न कोण

सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय एकदिन पनि नटिक्दै फिर्ता

२०७६ जेष्ठ ३० गते बिहिवार

काठमाडौं । सरकारले गरेको सार्वजनिक यातायातको भाडा बढाउन गरेको निर्णय गरिएको छ । यसको चौतर्फी आलोचना हुन थालेपछि बिहीबार दिउँसो गरिएको भाडादर बढाउने निर्णय बेलुका फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्राल अर्न्तगतको यातायात व्यवस्था विभागले गरेका तीन वटा निर्णय फिर्ता भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयहरुमा थप अनुसन्धान गरी ठोस निष्कर्षमा पुग्‍नुपर्ने आवश्यक्ता महसुस भएकोले निर्णय फिर्ता लिने निर्णय गरेको जनाइएको छ ।
यसअघि गरेका असार एक गतेबाट सार्वजनिक यातायातको भाडा बढाउने, रात्रिकालिन सवारी सञ्‍चालन गर्ने र मालवाहक सवारीलाई दिउँसो समय रोक लगाउने तीन वटा फिर्ता लिएको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस