एउटै दृष्टि, भिन्न कोण

प्रहरीको फिल्मी शैली, चोर समात्न पनि इन्काउण्टर

२०७६ असार १ गते आइतवार

काठमाडौं । समाजमा भईरहेका चोरी लगायतका घटनामा सम्लग्नलाई पक्राउ गर्ने क्रममा पछिल्लो समय प्रहरी आक्रामक ढंगबाट प्रस्तुत भईरहेको छ । समाजमा शान्ति सुरक्षाको प्रत्याभुत गराउन कुनै कसर बाँकी नराख्ने अठोटका साथ अघि बढेको नेपाल प्रहरीको गतिविधि समय समयमा विवादित पनि बन्ने गरेको छ ।

विभिन्न शारीरिक सुगठनका तालिम लिएका प्रहरीले पछिल्लो समय अपराधी प्रक्राउ गर्न भने जवाफी कारवाही अर्थात् इन्काउण्टरको बाटो अवलम्वन गर्न थालेको छ ।

गत दुई सातामा अपराधी पक्राउ गर्न प्रहरीले वीरगंज, पोखरा र काठमाडौंमा फायरिङ खोल्यो । बालक अपहरण र हत्या गर्नेलाइ पक्रन, संगठित डकैतीका नाइके पक्रन, लागू औषधका कारोबारी पक्राउ गर्न प्रहरीले इन्काउटर गरेको हो ।

प्रहरी इन्काउण्टर श्रृंखलाले लामै समय पार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस