एउटै दृष्टि, भिन्न कोण

म्यानमारकाे सगाँई प्रान्त टमूनगरमा दिवा पाठशाला संचालन

२०७६ असार २ गते सोमवार
  • निर्मल भट्टराई

म्यानमार । गोर्खालीको मातृभाषा र सांस्कृतिको जर्गेना गर्ने मनसायले म्यानमारको टमूनगरमा पाठशाला संचालन सुरु गरिएको छ ।

टमू क्षेत्रमा भएको दिवा पाठशाला जुन १० बाट संचालन भइरहेको छ । पाठशाला खोल्नुकोे मूल उद्देश्य नेपाली भाषा, साहित्य र नेपाली भाषा बोल्न नजान्नेहरुका लागि पढ्न, लेख्न र बोल्न सक्ने बनाउने र भविष्यमा भावि सन्तानहरुले आफ्नो समाजमा साहित्यलाई ज्योतीको उज्यालो झैँ छर्न सकुन, समाज र मूल जातिप्रति गौरब गर्न सकुन भन्ने उद्देश्यले खोलीएको हो आयोजकले उज्यालो टाइम्सलाई जानकारी दिए ।

सन् २००३ सम्म टमू नगरमा नेपाली साहित्य, लेख्न, पढ्न चिन्न नसक्ने अबस्था थियो । टमूनगरमा समाजसेवी यामबहादुर पोखरेलका स–परिवारद्वारा यो दिवा पाठशालाको आरम्भ गरिएको हो । पाठशालालाई संचालन गर्न थालेको १५ वर्ष पुग्न थालेको छ । पाठशालामा तीन वटा विषयहरु नेपाली साहित्य, व्याकरण, अङ्ग्रेजी विषयहरु पढाइन्छ । १५ वर्षको अबधिमा यस क्षेत्रमा धेरै प्रगति भएको अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ टमु शाखा शिक्षा विभाग र कवि तथा लेखक कुसुम गौतम जानकारी दिनुभयो ।

शिक्षा प्राप्तिपछि युवा पुष्तामा कविता, गजल, मुक्तक र लेखहरु लेख्ने काममा जागरिला बनेका छन् । नेपाली साहित्यले, यस्ता दिवा पाठशाला म्यानमार देशको सबै ठाउँमा खोल्न सक्ने हो भने नेपाली साहित्य अजमबरी र अमर रहन्थ्यो गौतमले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस