एउटै दृष्टि, भिन्न कोण

युग सुहाउँदो बुद्ध !

२०७६ असार ४ गते बुधवार
  • पुनम घिमिरे । कबिता

अााँधि भन्दा पहिलाकाे सुन्यता कति त्रासदि छ
विभेदकाे लडाई अझ धेरै लड्नु छ
गन्तव्यकाे उडान उड्न अझै बाँकी छ
विश्वासको तराजुमा हर नाता ताैलदै गर्दा
कतै सम्बन्ध भन्दा बिश्वास कम महसुस गर्दा
टुटेकाे हाे उ अाफ्नै नजरबाट गिरेकाे हाे उ
ठेस लाग्दा ह्दयमा
घायल ह्दय हातमा बाेकि उपचारको लागि
यत्रतत्र भाैतारिएकाे हाे उ

हराएको साथिकाे खाेजिमा हर रात
अाफ्नै जिउमा बत्ती बालि निक्लने
जुनकीरी सरि
विश्वासको खाेजिमा निक्लिएकाे हाे उ
चेतना र विबेककाे लडाइँमा
रक्ताम्य भै लडाेकाे प्राणि
चेतना शून्य विबेक देखि
डराई कराएकाे हाे उ
दाउमा राखि अाफ्नै सद्भाव
बाटो हेरि बसेकाे छ झिनाे अास बाेकि
मानस्पटलमा देश सजाइ
सुनाैलाे युगकाे कल्पनामा

घनघाेर बाक्ला संकाका जंगलमा
हराएका छन् विश्वासहरु
बुकेचा बनी खडा छन् विबेकहरु
अन्धा छन् न्यायका हिमायतीहरु
भछेक बनेका छन् रक्षकहरु
हितैसिकाे मुकुन्डाेमा छुपाेका छन्
रक्त पिपासुहरु त्यसैले
उ खाेज्दै छ युग सुहाउदाे बुद्ध
साम दाम दण्ड भेद सहितकाे ……

प्रतिक्रिया दिनुहोस