एउटै दृष्टि, भिन्न कोण

थाइ नेपाली संघले स्वागत ग¥यो, नवनियुक्त राजदूत ढकाललाई

२०७६ असार ६ गते शुक्रवार

थाइल्यान्ड । थाइ नेपाली संघ केन्द्रीय समितिले थाइल्यान्डका लागि नवनियुक्त नेपाली राजदूत गणेश प्रसाद ढकाललाई स्वागत तथा भेटघाट गरेको छ ।

नेपाली राजदूतावास थाइल्यान्डमा राजदूत ढकाललाई, थाइ नेपाली संघका अध्यक्ष कुमार कार्की लगायतको टोलीले स्वागत गरेको हो । भेटघाटमा थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले थाइल्यान्डका नेपाली जातीयहरूको अवस्था, नेपालप्रतिको मायाका बारेमा अवगत गराउनुभएको थियोे भने नवनियुक्त राजदूत ढकाललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयोे ।

थाइ नेपाली संघका संरक्षक डेविट खनालले थाइ नेपाली संघका बारेमा प्रष्ट पार्नुभएको थियो । संघबाट खनालले लिखत रूपमा संक्षिप्त परिचय प्रदान गर्दै, नेपाल र थाइल्यान्ड विचमा रहेको व्यापार व्यवसायका बारेमा पनि जानकारी गराउनुभयोे ।

थाइ नेपाली संघ केन्द्रीय समितिले आफुहरुलाई निमन्त्रणा गरेकोमा राजदूतावास परिवार धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस