एउटै दृष्टि, भिन्न कोण

ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्न छोड !

२०७६ असार ७ गते शनिवार
  • मनोज कार्की

मानवताबाटै च्यूत भएका अपराधीले गर्छ यस्तो काम ्र राज्यको मरणासन्न कुटाइबाट तंग्रि सकेको छैन, बैशाखीमा हिंड्दै छ ऊ । के नैतिकाले प्रहार गर्छौ हिंजोसम्म राजाका जुठो खाएका आजका कथित गणतन्त्र वादीहरू, नेपालको मौलिकता विरोधी कथित अग्रगामीहरू, काठमाडौँका गुन्डा चरी-घैंटेका लागि हिंजो मानव अधिकारको डंका पिट्ने तर आज जुम्लाका युवा ज्ञानेन्द्र शाही माथी अमानवीय यातना हुँदा चूँ नबोल्ने कथित युवा नेताहरू एनजीओवालाहरू, सिके राउतका बिखण्डनकारी कथित मानव अधिकारवादीहरू, स्वागत नेपाल प्रवृतिका षड्यन्त्रकारीहरू, चिकेन चिल्ली वालाहरू, र कुनै मेडिया व्यक्तित्वका अन्धभक्तहरू।

हामीले कसैको जुठो खाएका छैनौं , हामीसँग कुनै राजा महाराजाले टिका लगाएका निधारहरू छैनन् । शक्तिमा राजा हुँदा राजाको वरीपरि घुम्ने र निगाहा बक्स लिने, र अहिले आजका शक्तिको वरीपरि झिंगा झैं भनकिएर सयौं काण्ड हुँदै गर्दा आफ्नो लाभमा घुटुक्क थुक निल्ने र आफुलाई लाभ नहुने देख्दा क्षणिक विष वमन गर्ने दलाली राजनैतिक चरित्र भन्दा हामी माथी छौं । हामी अपराधीहरू, भ्रष्टाचारीहरू, नेपालको राष्ट्रियता र मौलिकता विरोधीहरू र विदेशीले फ्याँकेको हड्डी चपाएर देशमा भाँड भैलो मच्चाउनेहरू राम्रोसंग चिन्छौं ।

पंचायत कालमा दरवारको हुकुमबाट चल्ने कथित क्रान्तिकारीहरू पनि हामी चिन्छौं । त्यसैले हाम्रो एक मात्र विश्वास भनेको यी सारा गतिविधिबाट आक्रान्त हामी नेपाली नागरिकहरू खुल्ला छलफल गरेर अगाडी बढौं । यस्ता देशका शत्रुहरूबाट सावधान रहौं । विमति र असन्तुष्टि भए नगरिक नै भएर पोखौं । नेपाली नागरिक सत्ताको मालिक हुनु पर्दछ नव राजा हरू या पुराना राजाहरू बोकेर हिंड्ने हाम्रो नागरिक धर्म हुनै सक्दैन ।
जय नेपाली नागरिक !

प्रतिक्रिया दिनुहोस