एउटै दृष्टि, भिन्न कोण

युवालाई राजनीतिमा लाग्न अभिप्रेरित गर्दै जुनुपा !

२०७६ असार ७ गते शनिवार
  • जुनुपा अधिकारी

मलाई राजनीति मन पर्दैनथ्यो, तर नेपालको राजनीति बिग्रँदा अमेरिकामा बसे पनि मलाई समेत असर गर्ने रहेछ। अमेरिकाको समृद्दि देखेर डाह लागेर आउँछ तर देश बदल्न पहिले राजनीति बदलिनु जरुरी रहेछ। देशको हालत देख्दा लाग्छ आजै उडेर आफ्नै देशमा केहि गरौँ भन्ने लाग्छ त्यसैले देश फर्कने तयारी गर्दैछु।

साझा पार्टीको सुसंस्कृत राजनीति र लोक कल्याणकारी राज्य को अवधारणालाई हार्दिक सद्भाव ब्यक्त गर्दै बार्षिक रुपमा रु। १५००० आर्थिक सहयोग गर्ने प्रतिवद्दता समेत ब्यक्त गर्दछु। मेरो सानो सहयोगले साझा पार्टीले लिएको ठूलो सपना पूरा गर्न केहि योगदान पक्कै गर्नेमा म बिश्वस्त छु।

चितवन भरतपुर स्थायी घर भएकी सद्भाव समूह अमेरिकाकी सह संयोजक जुनुपा अधिकारीको यो जून जस्तै शितल सन्देश र सद्भावप्रति साझा पार्टीले खुसि ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस