एउटै दृष्टि, भिन्न कोण

साँखुबासीबाट लखेटिए माधव नेपाल !

२०७६ असार १० गते मङ्गलवार

सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेता माधवकुमार नेपालको बाटो छेकेका छन् ।

स्थानीयवासीले जनताको समस्या सुन्नका लागि नेता नेपालसमक्ष आह्वान गरेपछि नेपाल पछि आउँछु भनेर कार्यक्रमस्थलबाट गाडी चढेर हिँडेका थिए । सोही क्षेत्रबाट निर्वाचित भएर पनि जनताको गुनासो सुन्न समय नदिएर हिँडेको भन्दै स्थानीयवासी सर्वसाधारणले नेपालविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

चावहिल–साँखु सडकखण्डका सर्वसाधारण लामो समयदेखि सडकको दुरवस्थाका कारण निकै समस्यामा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले दिनहुँ हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ । सडक निर्माणमा विलम्ब भएको भन्दै छिटो निर्माण गर्न सम्बन्धित पक्षसँग उनीहरूको माग छ ।

Video

प्रतिक्रिया दिनुहोस