एउटै दृष्टि, भिन्न कोण

असफल मन्त्रीले राजिनामा दिनुपर्दैन ?

२०७६ असार १० गते मङ्गलवार

विवादित गुठी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले फिर्ता भएको छ । राष्ट्रियसभाले विधेयक फिर्ता गरेको हो । बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले विधेयक फिर्ताको प्रस्ताव गरेकी थिइन् । विधेयकका कतिपय प्रावधानले मौलिक संस्कृति मास्ने भन्ने काठमाण्डौं उपत्यकाका नेवार समुदाय प्रदर्शनमा उत्रिएपछि सरकारले यसअघि विधेयक फिर्ताको घोषणा गरेको थियो । तर, विधिवत फिर्ता हुन बाँकी थियो । मन्त्री अर्यालले नै राष्ट्रियसभामा गत १७ वैशाखमा विधेयक दर्ता भएको थियो । मन्त्रीको काम बिफल भएपछि उहाँ असफल भएको मानिन्छ । मन्त्री नै असफल भएपछि पदमा बसिरहनु नैतिकता मानिदैन ।

प्रतिक्रिया दिनुहोस