एउटै दृष्टि, भिन्न कोण

नेकपालाई भ्रष्टाचार अन्त्य गर भन्नु र बाँदरलाई मकै हेर्ने जिम्मा दिनु एकै हो !

२०७६ असार ११ गते बुधवार

केपि शर्मा ओली नेतृत्वको सरकारले कुनैपनि हालतमा भ्रष्टाचारको अन्त्य गर्न नसक्ने भ्रष्टाचार बिरुद्धका अभियन्ता गंगाप्रसाद भट्टराईले आरोप लगाउनुभएको छ । निर्मला हत्या काण्ड, सुन काण्ड, वाइडवडी काण्ड हुदै बालुवाटार काण्डसम्मको जालोमा फसेको यो सरकारले भ्रष्टाचारको अन्त्य त, के भ्रष्टाचारको बिरोधपनि गर्न नसक्ने अबस्थामा रहेको तर्क गर्नुभयो ।

पछिल्ला केहि घटनाहरुको समिक्षा गर्दै उहाँले सरकारले भाई–भाई भिडाउने काम गरिरहेको प्रति आपति जनाउनुभयो । जनतालाई यो सरकारका मन्त्रीहरु समेत समान्ती देख्छन्, यो कस्तो सरकार हो, यसले कसरी जनताको प्रतिनिधित्व गर्छः उहाँले प्रश्न गर्नुभयो ।

अहिलेको सरकारलाई जनताले भ्रष्टाचारको अन्त्य गर भन्नु र जंगलबाट बाँदर ल्याएर मकैबारीको संरक्षणका लागि जिम्मेवारी दिनु एकै हुने उहाँले ब्याङगे गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस