एउटै दृष्टि, भिन्न कोण

मलेसियाको भिसा प्रक्रियामा कुनै परिवर्तन नहुने !

२०७६ असार १२ गते बिहिवार

मलेसियाले आफ्नो देशमा आउने पर्यटक र कामदारको भिसा प्रकृयामा कुनै परिवर्तन नगर्ने बताएको छ। मलेसियाका पूर्वउप-प्रधानमन्त्री अहमद जहीद हमिदी पक्राउ परे सँगै उनको कार्यकालमा लागु भएको भिसा प्रक्रियाका सम्बन्धमा जिज्ञासा उब्जिएपछि मलेसियाका गृहमन्त्री तानश्री मुहिद्दीन यासिनले विद्यमान भिसा प्रक्रिया नै यथावत रहने प्रस्ट परेका छन्।

‘भिसा प्रक्रिया फेर्ने विषयमा हामी अहिले कुनै निर्णय गर्नसक्ने अवस्थामा छैनौं। जबसम्म यी संस्थाको विकल्प तयार हुँदैन अहिलेलाई यही प्रक्रिया जारी रहन्छ’ गृहमन्त्री मुहिद्दीनको भनाइ उदृतगर्दै मलेसियाली संचार माध्यमले जनाएका छन्। मुहिद्दीनले चिनियाँ पर्यटकलाई लक्षितगर्द्दै भिसा प्रक्रियाका बारेमा अभिव्यक्ति दिएपनि मलेसियाले सबै देशकालागि एकै प्रकारको भिसा प्रक्रिया लागु गरेको छ।

पूर्वउपप्रधानमन्त्री हमिदीले भिएलएन लगायतका संस्था संचालनको अनुमति दिएर भ्रस्टाचार गरेको आरोप लागेको छ। हमिदी विरुद्द  मलेसियाली अदालतमा आजदेखि सुनुवाई सुरु भएपनि उनको कार्यकालमा कार्यान्वयनमा आएका संस्थाहरु तत्काल हटाउन नसकिने मलेसियाली मन्त्री र प्रधानमन्त्री महाथिरले नै बताउँदै आएका थिए। मलेसियाली मन्त्रीले भिसा प्रक्रियाको काम यथावत रहने भनेपछि अब नेपालीहरु पनि विगतकै भिसा प्रक्रियाबाट मलेसिया जाने देखिएको छ।

प्रतिक्रिया दिनुहोस