एउटै दृष्टि, भिन्न कोण

अब मन्त्री बन्ने भाग्यमानी ६ जना नेताहरु !

२०७६ असार १२ गते बिहिवार

काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन्। नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् । अध्यक्ष पुष्पकमल दाहालले सांसद जनार्दन शर्मा, देबेन्द्र पौडेल, प्रभुशाहालाई छलफलका लागि बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस