एउटै दृष्टि, भिन्न कोण

डेनमार्कका प्रधानमन्त्री कार्यकाल सकिएपछि झोला बोकेर घर फर्किए…

२०७६ असार १३ गते शुक्रवार

एजेन्सी । आफ्नो चार वर्षे कार्यकाल पुरा गर्दै डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेन घर फकिएका छन् ।२०१५ मा डेनमार्कको २५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका लार्स बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय छाडेका हुन्।आफ्नो कार्यकालको ३ वर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका हुन् । आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद समेत लिएका छन् ।कार्यकाल सकिएपछि निवास छाडेका लार्सले एउटा झोला मात्र बोकेर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस