एउटै दृष्टि, भिन्न कोण

भुकम्प पीडितकाे पैसा ल्वाम् पारेर, राेल्पामा मस्ती : भ्रष्टाचार फाल्ने कि, अंगाल्ने ?

२०७६ असार १३ गते शुक्रवार
  • सम्राट

दल भित्र दलाल हुन्छन् ! हरेक दलमा, दलालकाे राज चल्छ ! कुनैपनि राजनीतिक दलमा भ्रष्टाचार गर्छु भन्ने एजेन्डा छैनन् । समाज परिवर्तन र भ्रष्टाचार अन्त्य बाेल्नु र गर्नु बिल्कुलै भिन्न छ । नेपालमा पुराना दलहरु मात्रै भ्रष्ट हाेइन, नयाँ दलपनि भ्रष्टाचारी कित्ता बाहिर छैनन् । पार्टी भनेको पार्टी नै हाे ? पार्टी संघ-संस्था हाेईन ।

चर्चा गराै : विवेकशील नेपाली दलकाे । याे झाेले राजनीतिक पार्टी हाे ? याे अाधिकारी रुपमा निर्वाचन अायाेगमा दर्ता छैन । दल झाेलामै चलेको छ । यसकारण यसलाई झाेले दल भन्दा चित्त दुखाउनु पर्दैन ।

विवेकशील नेपाली दलकाे चुनाब चिन्ह कुकुर थियाे ? यसकाे अर्थ हरेक नागरिक कुकुर जस्तै ईमानदार बनाै भन्ने हाे, तर यश दलका अभियन्ता कुकुर जस्तै छन् ताे – प्रश्न अर्थात् ईमानदार छन् ।

नेपालमा प्रकृति बिपत्ति हुदा धेरैले मासु भात खाने पैसा भ्रष्टाचार गर्छन । याे कुरामा कसैको बिमति छ, पक्कै छैन । भुइचालो जादा नेपालमा लाखाै, बिदेशी सहयोग देखि झाेले संघ-संस्था र झाेले पार्टी पनि हात चाट्ने देखेपछि चलायमान भए । हाे यहि माैकामा अमेरिकका बाट भुकम्प पीडितलाई राहत दिनु भनेको रकममा यी उज्ज्वल थापा टिमले राल चुहाए ! उज्ज्वल थापा, तपाईं छातिमा हात राखेर भन्नुहाेला ! मैले त्याे पैसामा पानी खाईन भनेर : सक्नु हुन्छ ? सक्नुहुन्न किन कि त्यहाँ धेरै पैसा तपाईंहरुकाे गाेजीमा परेको छ ।

तपाईं राजनीतिक दल हाे, तपाईंहरुले दलाली काम गर्नुभयाे अर्थात् बिचमा घुसेर बिचाैलियाकाे भुमिका निभाउनुभयाे ? के तपाईले याे रकमकाे सार्वजनिक सुनुवाइ गर्नुभयाे ! अरुलाई भ्रष्टाचारी भन्दै हिड्ने तपाईं पनि पुरानै पार्टीको बाटाेमा हिडेपछि तपाईंको समुहपनि भ्रष्टाचार गर्ने समूह हाे ?

विवेकशील नेपाली दललाई केही प्रश्न ?

भ्रष्टाचार अन्त्य गर्ने प्राण गर्नेहरुले नै पैसाको बिटाेमा बिकेपछि देखियाे बैकल्पिक राजनीतिक शक्ति ? राजनीति पार्टीले संघसंस्था चलाउने कि, संस्थाले पार्टी ? अमेरिकबाट भुकम्प पीडितका लागि अाएकाे पैसा खाेई ? एक-एक रुपैयाँको हिसाब नअाए सम्म, समाजले तपाईंकाे अनुहार पनि मजाले चिन्ने छन् ?

भ्रष्टाचार गर्नेहरु राेल्पा भन्दा धेरै काठमाडौ छन् । राेल्पामा किन तमासा ? सयाै सख्यामा राेल्पा पुग्दा कहाँबाट अायाे खर्च ? कि चन्दा उठाईयाे ? कि त उनै पीडितकाे पैसामा मस्ती गरियाे ? यसकाे सत्य कुरा बाहिर चाहियाे ? तपाईं याे नबुझ्नुहाेला – हामीले जे गरेपनि चल्छ : पटक्कै चल्दैन ! भ्रष्टाचारकाे तपाईंहरुकाे संस्थागत बिकास गर्दै हुनुहुन्छ ? खै भ्रष्टाचार अन्त्य गर्ने बाेली, अाज अाफै पैसा देखे राल चुहाउने !

अन्त्यमा : थाहा छ तपाईं राेल्पा कार्यक्रमकाे हिसाब देखाउनु हुनेछ । किनकि दबाब बढेको छ । अाराेप लागेको छ । तर तपाईं भन्नुहुनेछ ! सदस्यहरुबाटै खर्च टारियाे – गज्जब छ । तर हामीलाई भुकम्प पीडितकाे नाममा अाएकाे भ्रष्टाचार किन गरियाे र कति गरियाे – हाे याे हिसाब चाहिन्छ । नत्र न रहे बाँस न बजे बासुरी भनेझै – न रहन्छ विवेकशील, न गर्न पाउनुहुनेछ भ्रष्टाचार ?

प्रतिक्रिया दिनुहोस