अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता भएको छ । नेपाली समय अनुसार आइतबार दिउँसो साढे १२ बजेपछि ट्रम्प र किमबिच दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेट भएको हो । ट्रम्प औपचारिक रुपमा पहिलो पटक उत्तर कोरिया प्रवेश गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यकालकै बेला उत्तर कोरिया प्रवेश गरेको यो पहिलो पटक हो ।
किमले ट्रम्पसँग हात मिलाउँदै भने फेरि भेट्न पाउँदा खुशी लाग्यो । यो ठाउँमा भेट होला भनेर कहिले सोचेको थिइन । यसपछि ट्रम्प र किम दुवै उत्तर कोरिया तर्फ आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।