एउटै दृष्टि, भिन्न कोण

सरकार ! पर्यटन प्रवर्धन गरौं, लम्पसार नपरौं ..

२०७६ असार १६ गते सोमवार
  • बिष्णु जाेशी

बलीवुड सीने अवर्डमा सरकार पोख्छ १ अर्ब !
कठै कसले बुझ्ने नेपाली कलाकारको मर्म ?

किन परदेश पलायन नहुँन् त कलाकार ?
सरकारी सहयोग छैन देशमा गरीखान कर्म !

खाली घुम्यो यता /उता, ढोग्यो बिदेशी राजदूत नेता
बेकाम देशको ढुकुटी सक्न लाग्दैन लाज – शर्म ?

पर्यटन प्रवर्धन गरौं , लम्पसार नपरौं ..
नेपाली कला-संस्कृतिमैं गरौं हामि गर्व !!

छान्ना बझाङ्ग, हाल: विद्यावारिधि (रसायनशास्त्र)
यूनिवर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका

प्रतिक्रिया दिनुहोस