एउटै दृष्टि, भिन्न कोण

नेकपा विप्लवसँग दोहोरो फायरिङ हुुँदा सेनाको हेलिकोप्टरमा ‘एलआरपी’ टोली संखुवासभातर्फ

२०७६ असार १६ गते सोमवार

काठमाडौं । संखुवासभाको सिलिचोङ(१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५र२५ जनाको टोली संखुवासभातर्फ पठाइएको हो ।

सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जनाको टोली खटाइएको पुष्टि गरे । उनका अनुसार यो लङ् रेन्ज पट्रोलिङ ९एलआरपी० टोली हो ।

नेपाल प्रहरीले पनि विशेष कार्यदलका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली पठाएको छ ।
यो पनि पढ्नुहोस संखुवासभामा प्रहरी(विप्लव समूहबीच जम्काभेट हुँदा गोली चल्यो

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० रमेश थापाले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत मद्दत टोली प्रदेश पठाइएको बताए ।

उनका अनुसार प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप मद्दतका लागि टोली पठाइएको छ । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका वेला गोली चलेको थियो ।

कम्तिमा २५ जना हतियारसहित रहेको टोलीसँग जम्काभेट भएको विवरण आए पनि ती व्यक्ति विप्लव समूहको थिएरथिएनन् भन्ने पुष्टि भएको छैन ।
तर, त्यसक्षेत्रमा विप्लव समूहले गतिविधि बढाएको आशंकामा प्रहरीले सक्रियता बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस