अछामको साँफेबगर नगरपालिका–२ को झकालेमा बस दुर्घटना भएको छ । आज बिहान भएको बस दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुत यातायातको ना७ख २५ ६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको छ ।
घाइतेहरुको उद्धार गरेर बयालपाटा अस्पताल लगिएको स्थानीय शेरबहादुर भुलले जानकारी दिए । विपरीत दिशाबाट आइरहेको अर्को गाडीलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।