इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको दाँतमा लागेको ढुंगो थियो, आफ्नै घरको संरचना सडक मिचिएर बनाइएको ।
पत्रकारको नाकको डाँडी भाँच्ने, माफी माग्ने, ‘र.डी जिन्दावाद’ भन्नेलगायतका विभिन्न प्रकरणका कारण समर्थन र विरोधको विवादमा परेका उनले भनेका थिए– इटहरीमा सडक मिचेका भौतिक संरचना भत्काउने । तर, उनकै घरको संरचनाले सडक मिचेको समाचार आएपछि विवादमा तानिएका थिए ।
चौधरीले उक्त विवाद निरुपण गरी आफ्नो घोषणा कार्यान्वयन गर्न आफ्नै संरचनामा डोजर चलाएका छन् । सडक मिचिएको कम्पाउन्ड वाल भत्काएर उनले अभियानलाई सुरु गरेका हुन् ।
उनको उक्त कामको धेरैले प्रशंशा गरेका छन् । आफूबाटै सुधारको काम गरेको भन्दै उनको अभियानमा साथ दिने कतिपयले बताएका छन् ।