एउटै दृष्टि, भिन्न कोण

विप्लव समूहको गोलीबाट प्रहरीको मृत्यु

२०७६ असार २५ गते बुधवार

पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा बुधबार बिहान विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सो घटनामा एक प्रहरी र एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाका अनुसार, भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो ।

मृतक राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज भएका बताइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस