एउटै दृष्टि, भिन्न कोण

तीजको रमझम !

२०७६ असार २५ गते बुधवार
  • पुष्पा दुलाल

बर्षदिनपछि
फेरि तीज आयो
नारीहरूको मुहारमा
खुसी छायो
दिदी-बहिनी
साथी–संगिनीहरूसँग
भेट हुने सुनौलो अवसर
रमाउँदै
माईत जाने दिन आयो
महिना दिन अघिदेखि
भएको छ रमझम
वातावरण
पालै पालो
दिनै दर खाने
घर–घर घुमी
तीज आयो
खुसीको आँगन चुमी
छम् छम् नाच्ने गाउँने हो
तीजमा
राम्रो नाना र मीठो खाना
खाने ख्वाउने
हर्षको यस चाडमा
चुल्ठो बाटी
रातो सारी लाउने दिन आयो
फुर्किँदै
पुतलीसरि
तिउरी लाउने
हातभरि
क्या गजबको
दिन आयो
खुसीको तीज आयो
मीठो हुन्छ
जे खाए नि माईती–घरमा
एकै रात भए नि
बस्न पाउने तीज
आयो
नाच्दै गाउँदै
दर खाउँला तीजमा
बाँचिरहे अर्को
साल फेरि भेटौँला
वर्षदिनपछि फेरि तीज आयो
नारीहरुको महान चाड
तीज आयो

म्यानमार
हालः थाइल्याड

प्रतिक्रिया दिनुहोस