एउटै दृष्टि, भिन्न कोण

भारतबाट आएको तरकारीमा बिषादी भेटिएनः सरकार

२०७६ असार २७ गते शुक्रवार

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् । भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको चर्को आलोचना भईरहेका बेला मन्त्री खनालले शुक्रबार बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रिय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गरेका हुन् ।

करिब एक घण्टा प्रयोगशालाको निरीक्षणपछि उनले संचारकर्मीमाझ प्रचार गरिएजस्तो भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी नभएको परीक्षणका क्रममा पाइएको स्पष्ट पारे ।

उनले दैनिक तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेकाले सर्वसाधारणले पनि डराउनुपर्ने स्थित नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस