एउटै दृष्टि, भिन्न कोण

भानुभक्त तिमीमा नमन छ !

२०७६ असार २९ गते आइतवार
  • पुष्पा दुलाल

टुक्राटुक्रा शब्दहरूलाई
संगालेर तिमीले
भावुक कृतिहरूको रचना गरेर
वरिवर्तनको आन्दोलन लडेका थियौ
हो भानु तिमी अगाडि बढेका थियौ
केही गर्छु भन्ने प्रतीज्ञा लिएर
हिम्मत र जाँगरको साथमा
शिथिल भएका मानिसहरूलाई घच्घचाउँदै
वीरताको शिखरमा चडेका थियौ
लिपिबद्ध बनाएर ग्रन्थहरू
मानवको नगरीमा छोडी
अमर भएका छौ तिमी आज

पीयूष बिनापनि
जति नै कोरेपनि तिम्रो विवरण
पर्याप्त बन्न सक्दैन भानु
तर! पनि आज सम्झनाकोरूपमा
केही कोर्दै छु भानु
फुटेका र टुटेका शब्दहरूलाई
बटुलेर भएतापनि
तिम्रो योगदानको आजाव
उठाएको छु भानु
धनको महलमा बसेरपनि तिमीले
कहिले घमण्डकोपना देखाएनौँ
केवल गरिबको पसिनाबाट
परिवर्तनको मार्ग अप्नायौ
हो उनै घाँसीको पौरखबाट

हृदय भित्रको ज्योती झल्कायौ
र!त आज कोरेर कृतिहरू
विश्वलाई टल्कायौ
मपनि तिम्रो अनुसरण गरेर
केही कोर्दै छु भानु
हो आजको दिनमा तिमीलाई
श्रद्धाञ्जली दिन भनेर
दुई हात जोड्दै छु भानु
हो दुई हात जोड्दै छु भानु

प्रतिक्रिया दिनुहोस