एउटै दृष्टि, भिन्न कोण

शिल्पा मेरो अदालत आउनुस्, न्याय दिन्छु

२०७६ असार ३१ गते मङ्गलवार

काठमाडौं । छवि ओझा र शिल्पा पोखरेलको घरेलु झगडा सुल्झिनुको साटो दिनदिनै बल्झिँदै गएको छ । गत बिहीबार प्रहरीको रोहबरमा दुबै जना मिलेका थिए तर त्यो मिल्ती त्यहाँबाट निस्कने बित्तिकै भताभुंग भएको छ । युट्युबमा दुबै एकअर्कालाई गलत साबित गर्न लागिपरेका छन् । शिल्पाले छविका पुराना घाउ पनि कोट्याइरहेकी छिन, छवि तिनको बचाउमा लागेका छन् । युट्युबरले दुबैको झगडाको राम्रैसँग फाइदा लिइरहेका छन् ।

दुबैले एक अर्कालाई गलत साबित गर्ने प्रयास गरिरहँदा छवि ओझाले सोमबार मध्यरातमा शिल्पालाई सम्बोधन गर्दै स्ट्याटस लेखेर आफ्नो अदालतमा आए न्याय पाउने जिकिर गरेका छन् । मध्यरातमा लेखेको स्ट्याटसमा निर्माता ओझाले शिल्पासँग तीन दिनदेखि भेट्न खोज्दा पनि समय नदिएको र आफू शिल्पासँग टेबलमा बसेर छलफल गर्न तयार भएको बताएका छन् । उनले लेखेका छन, मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाईंलाई पनि पार्दिन । मैले तीन दिनदेखि भेट्न खोज्दा तपाईंले मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु , संसारको कुनै पनि अदालत जानु पर्दैन ।

छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईंले न्याय पाउनु हुन्छ । स्ट्याटसमा छविले शिल्पाले लगाएका सबै आरोपमा सत्यता नभएको पनि जिकिर गरेका छन् । उनले शिल्पा मिल्न तयार भएर आफू गल्ती कमजोरी सच्याएर गान्धी बन्न तयार रहेको पनि बताएका छन् । गत आइतबार शिल्पाले छविले आफूमाथि कुटपिट गरेको भन्दै शिल्पाले प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस