एउटै दृष्टि, भिन्न कोण

फेरिपनि नेकपाको शक्तिशाली संगठन बिभाग प्रमुख बन्दै बिष्णु पौडेल !

२०७६ साउन १ गते बुधवार

बरिष्ठहरुलाई पन्छाएर नेकपाको शक्तिशाली महासचिब बनेका बिष्णुप्रसाद पौडेल फेरिपनि पार्टीको मुख्य बिभाग संगठन बिभाग प्रमुख बन्ने संकेत देखिएको छ । पूर्बएमालेको भागमा परेकोयो बिभागमा नेकपा नेता बामेदेब गौतम र ईश्वर पोखरेलले दाबी गरेपनि यी दुबैको सम्भाबना भने कमै छ ।

सरकारको आलोचना गर्दै गौतमले राखेको फरकमतले ओली चिढिएका छन् । गौतम र पोखरेलको विकल्पमा महासचिव पौडेल नै सम्भावनामा देखिएका छन् । उनी दुवै अध्यक्षका उत्तिकै प्रिय हुनाले आफूभन्दा वरिष्ठ दुवैलाई कतै उछिन्ने त हैनन् भन्ने पनि नयाँ अनुमान गरिँदैछ। प्रचण्डले पोखरेल नस्वीकार्ने अनि ओलीले गौतमला‍ई नमान्दा विकल्पमा महासचिव पौडेलसँग पनि जानसक्छ संगठन विभाग ।

प्रतिक्रिया दिनुहोस