एउटै दृष्टि, भिन्न कोण

कानको जाली नफोर्ने श्रीमान पाए, चलचित्र क्षेत्र नै छोड्छु : कट्रिना

२०७६ साउन १ गते बुधवार

बलिउड अभिनेता सलमान खानले केही समय अघि आफ्नो जन्मदिनमा आफूलाई कुनै केटीले विवाहको लागी प्रस्ताव नै नगरेको र विवाहको लागी अफर नै नआएकोले विवाह नभएको अभिव्यक्ति दिएका थिए । यसै प्रसङ्गमा केही समय अघि उनीसँग नाम जोडिएकी नायिका कट्रिना कैफले आफ्नो ३६ औँ जन्मदिन मनाउँदै गर्दा यही प्रसङ्ग ल्याएकी छिन् । अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी उनले आफ्ना समकालीन अभिनेत्री प्राय सबैले घराजाम गरिसक्दा पनि आफूलाई माया गर्ने र विवाहको लागि जोडी नभेटिएकाले विवाह नगरेको खुलाएकी छिन् । कट्रिना आफूलाई पनि विवाह गर्न मन लागेको आफूलाई माया गर्ने श्रीमान् पाएको खण्डमा चलचित्र क्षेत्र नै छोड्न पनि तयार रहेको बताउँछिन् ।

उनी भन्छिन्,‘यदि कसैले मलाई वास्तविक प्रेम गर्छ भने म उसको लागि बलिउड छोड्न तयार छु । हरेक महिलालाई जस्तै मलाई पनि आमा बन्ने रहर छ । म घरमा नै बसेर बच्चा हुर्काउने छु ।’ केही समय अघि कट्रिना र नायक रणवीर कपुर प्रेममा थिए तर यति बेला उनीहरूको सम्बन्ध टुटिसकेको छ । यति बेला सलमान र कट्रिना एक अर्काको नजिक त भइरहेका छैनन् भन्ने प्रश्न पनि बलिउडमा उब्जिरहेको छ ।

प्रतिक्रिया दिनुहोस