एउटै दृष्टि, भिन्न कोण

देख्नु भो ! यीनीहरुको तमासा : राज्यको खर्चमा हेलिकोप्टरबाटै अनुगमन

काठमाडौ २०७६ साउन २ गते बिहिवार

हेलिकोप्टरबाट रौतहट आएका मन्त्रीसहित सांसदको जम्बो टोली हेलिकोप्टरबाट नै अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्दै फर्किएका हुन् । पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, पूर्वमन्त्री रौतहट क्षेत्र नम्बर ३ का सांसद एवं नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, विकास समितिका सभापति एवं रौतहटकी सांसद कल्याणी खड्कालगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकोप्टरबाटै अनुगमन गरेका थिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बर्सेनि बाढीको चपेटामा पर्दै आएको रौतहट पूर्व बाग्मती र पश्चिम बकैयाको बाढी विभिन्न गाउँ हुँदै सदरमुकाम नै बगाउने खतरा बढेकोले सरकार दीर्घकालीन योजना साथ गम्भीर भएर लाग्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस